FAQs Complain Problems

आ.व. २०७२/७३ को यथार्थ आयब्यय सार्वजनिक तथा वार्षिक समीक्षा गोष्ठि सम्पन्न

मिति २०७3 श्रावण २८ गते बुधबाराका दिन सुनसरी उघोग वाणिज्य संघको मातहतमा रहेको सभाहलमा धरान उपमहा नगरपालिका कार्यालयको आ व २०७१/७२ को यथार्थ आयब्य विवरण तथा वार्षिक समीक्षा गोष्ठि  सम्पन्न भयो ।नेपाल सरकार संघिय मामिला तथा स्थानीय विकास मंत्रालयवाट जारी भएको स्थानीय निकाय श्रोत परिचालन तथा ब्यबस्था कार्यविधि २०६९ र सुशासन एन अनुसार सर्वसाधरणलाई सेवा प्रदान गर्ने निकायले आफुले प्रदान गरेको सेवाको सरोकारवालाहरु सवैलाई जानकारी गराउन यस कार्यक्रमको ब्यबस्था गरेको छ ।सोही ब्यबस्था अनुरुप धरान उपमहा नगरपालिकाले आफुले प्रभाव गरेका र सम्पादन गरेका क्रियाकलापहरुको वारेमा सरोकारवालाहरुलाई जानकारी गराउने उदेश्यले यो कार्यक्रमको ब्यबस्था नगरपालिकाले गरेको छ . धरान उपमहा  नगरपालिका कार्यालयका कार्यकारी अधिकृत श्री टीकादत्त राईज्युको अध्यक्षता सञ्चालन भएको उक्त कार्यक्रममा सूनसरी  क्षेत्र नं १ का संसद श्री कृषणकूमार राईलाई प्रमुख अतिथि राखिएको उक्त कार्यक्रममा धरान स्थित राजनीतिक दलका प्रतिनिधिहरु,ईलाका कार्यालय धरान का प्रमूख श्री सिताराम कार्कि,सूनसरी  जि वि स प्रतिनिधि  कार्यक्रम अधिकृत श्री भेषराज धिमिरे उघोग वाणिज्य संघका अध्यक्ष्य, पत्रकार महासंघका अध्यक्ष्य , आदी अतिथिका रूपमा रहनु भएको थियो ।

      वाँकी विस्तृत  विवरण यस लिङकमा रहेको pdf मा उपलब्ध छ  http://dharan.gov.np/ne/node/151