FAQs Complain Problems

"धरान उप-महानगरपालिकाले उपलब्ध गराएका सेवा" विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

धरान  वडा नं २६ को सभाहलमा  मिति  २०७२/०३/२४  

यही मिति २०७३ अषाढ २४ गते शुक्रवारका दिन धरान उपमहानगरपालिका वडा न २६ समितिको  भवनमा  दिनको 12 बजेदेखि "धरान उपमहानगरपालिकाबाट उपलब्ध गराइएका सेवा" विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम धरान उपमहानगरपलिकाको आयोजना तथा महिला संजाल धरान उपमहानगर समितिको व्यवस्थापनमा सम्पन्न भयो ।धरान उपमहा नगरपालिकाका कार्यकारी अधिकृत श्री टीकादत्त राईको अध्यक्षतामा विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरु र नगर स्तरिय राजनीतिक संयन्त्रका प्रमुख तथा प्रतिनिधिहरुलाई अतिथि राखिएको यस कार्यक्रममा राष्ट्रिय गानबाट सुरुवात गरिएको थियो।राष्ट्रिय गान पश्चात भेलामा उपस्थित सम्पुर्णलाई धरान उप महा नगरपालिकाका  बरिष्ठ ईन्जिनियर श्री सूरज श्रेष्ठद्धारा स्वागत मन्तब्य राखिए पछि उक्त कार्यक्रममा नगरपालिकावाट उपलब्ध गराईदै आएको सेवा तथा सुविधf साथै यस आ व मा भएका अन्य २ वटा सार्वजनिक सुनुवाईमा उठाईएका सवाल तथा यसै  आ व मा वडा नं २४ २५ २६ र २७ मा नगरपालिका  कार्यालयको साझेदारीमा सम्पन्न गरिएका मुख्य क्रियाकलापहरुको वारेमा भक्तिराज शर्मावाट कार्यपत्र प्रस्तुत गरियो।कार्यक्रमलाई ब्यबस्थापनको जिम्मा लिएको साझेदार संस्था महिला संजाल धरान उपमहा नगर समितिवाट कार्यक्रममा चेतना श्रेयङले उदघोषण गरिएको उक्त कार्यक्रमा  प्रारम्भमा संजालका सदस्य सुनीता के सी वाट   बहिर्गमन अभिमत (Exit Pool) तथा नागरिक अभिमत पत्रको प्रतिवेदन प्रस्तुत गरिएको थियो भने गंगा वरालवाट आचार संहिता वाचन भएको थियो भने सविता राईवाट कार्यत्रम सहजीकरणा भएको थियो ।

                       जिज्ञासा तथा सुझाव  राख्ने महानुभावहरू (मुख्य मुख्य मात्र टिपोट गरिएको छ )

नामावली

 

उठाईएको विषय

जिज्ञासालाई प्रस्टयाउने प्रतिनिधि र प्रस्टयाईएको उत्तरहरु

तेज व लिम्वू

पुर्व विष्णूपादुका गा वि स हाल धरान उपमहा नगरमा परिणत भएपछी नगरपालिकावाट सामाजिक स्तरमा गरिएको सूधार सकारात्मक रहेता पनि भौतिक संरचना निर्णाणमा नगरपलिकाले अझै सहयोग पुर्याउनु पर्ने ।

 

सुरज श्रेष्ठ बरिष्ठ ईन्जिनियर

 नगरपालिकावाट परिषदका समयमा छुट्टाईएको रकम केन्द्रवाट प्राप्तहुने आश्वासनका आधारमा तयार गरिएको हुन्छ तर केन्द्रवाट प्राप्तहुने रकम कार्यालयलाई समयमै प्राप्त नभएमा नगरपलिका बाध्य भएर समग्र योजनालाई नै रकम कटौती गर्न पर्ने हुँदा कति योजनाहरुको रकम निश्चयनै कटौतीमा परेका छन् ।यस्ता योजनाहरुलाई आगामो वार्षिक कार्यक्रमहरुमा क्रमस प्राथमिकतामा राखी यथा सम्भव सम्पन्न गर्दै जाने प्रतिवद्धता । रकम निकासा झन्झटीलो हुनमा हालको ऐन तथा नियमावीले निर्देशित गरे वमोजिम नै ठुला वा सानो सवैलाई नियमानुसार भुक्तानी दिन पर्ने हुँदा सरोकारवालालाई केहि आप्ठाराहरु परेको हुन सक्छ । कर्मचारीहरु समयमा नभेटीएको प्रसंगमा कार्य ब्यस्तताले नै त्यस्तो भएको हुन सम्ने र आगामो दिनहरुमा सम्वन्धित टाढाटाढवाट आउने सेवाग्राहीहरुलाई उच्च प्राथमिकतामा राखिने प्रतिवद्धता

टीकादत्त राई कार्यकारी अधिकृत

नगरपलिकाले धेरै योजनाहरु ६०/४० ले नै सम्पन्‍न गर्दै आएता पनि यो नीति बाध्यकारी नभएको र दुर्गम वडाहरुमा न्युनतम् १५ प्रतिशत सहभागिता मा पनि सम्पन्न गर्न सकिने, नगरपिलकाको वार्षिक कार्यका बारेमा बार्षिक नगर पुस्तिकामा नै प्रकाशन गरिने भएकोहुँदा जानकार नपाईएमा सोही पुस्तकवाट आगामी दिनहरुमा जानकारी पाउन सकिने, आपाङगका हकमा सरोकारवालालाई नेपाल सरकारवाट निर्देशित नियमावली तथा कानुममा ब्यबस्था भए वमोजिम मात्र सेवा सुविधा उपलब्ध गराउन सकिने, विधालयहरुलाई सरोकारवाला जिल्ला शिक्षा कार्यालय तथा यस कार्यालयको सहकार्यमा पुर्याउनु पर्ने सहयोगलाई सकारात्मक रहने , ऐलेनी जग्गाहरुको रेकर्ड तथा वाटोहरुको लागत कट्टा सम्वन्धमा छीट्टै नगरपालिकाले आबश्यक ब्यबस्था मिलाउने प्रतिवद्धता साथै ऐलेनी तथा सुकुम्वासीहरुलाई सिफारिस गर्ने कार्य नगरपालिकाको रेकर्डमा भए आबश्यक प्रकृयापुरा गरी ब्यबस्थापन गर्न सकिने । 

रान कुमार तामाङ २६

यस भेगमा छुट्टाईएको ढल तथा वाटो निर्माणको वजेटलाई किन घटाईएको होला जस्का कारणले विकास निर्माणमा असहज अवस्था आएको छ ।

मान सिह तामाङग २४

नगरपालिका कार्यालयवाट भुक्तानी लिन धेरै झन्झटिलो प्रकृया रहेको छ साथै सम्वन्धित कर्मचारीहरुलाई कार्यालयमा नभेटिन्दा हामी टाढाका वासिन्दाहरुलाई मारमा परेका छौ ।साथै प्राथमिकतामा रहेका योजनाहरु कटाईएका कारण झनै समस्यामा रहेका छौ ।

राज ब तामाङग

कार्कीछाप खानेपानी टयाङकी मर्मतमा आउदो आ व को वजेटमा प्राथमिकतामा राखी उचित वजेटको ब्यबस्थापन गरिदिन पर्यो ।

देव राई

खैरेखोला पुल निर्माणको वजेट किन घटाईएको होला ।

गोविन्द तामाङ २५

आपाङग वर्गिकरणमा परेका ग र घ का ब्यक्तिहरुले कहिलेवाट सेवा वा भत्ता पाउँछन् होला ।

चन्द्रकला राई २६

महिला तथा वालवालिकाको कार्यक्रमका वारेमा केहि थाहा नपाईएको, सर्दुखोला पुल लगाउने प्रत्येक वर्ष प्रस्ताव गर्दापनि नपरेको साथै हामी विकटका वडाहरुले ६०/४० ले काम गर्न वा बेहोर्न नसक्ने भएकाले विकास निर्माणका कार्यमा पुनर्विचार गर्न सुझाव

सुमीत्रा तामाङ

विकटका विधालयहरुलाई नीजि शिक्षक वापत केहि राहत नगरपालिकाले उपलब्ध गराई दिन पर्यो साथै वालमैत्री विधालय निर्माणकालागि भौतिक पुर्वाधार निर्माणमा सहयोग हरन पर्यो ।

क्षितिज राई

धरान मंगलवारे जाने वाटो यथासक्य निर्माणमा सरोकारवालाहरु लाग्न पर्यो ।

यमुना राई २६

ऐलानी जग्गाको सिफारिस नेपाल वसोवास वस्ती संरक्षण समाजले मात्रै दिने हो को नगरपलिकाले पनि दिन्छ ।

खाम बहादुर राई

वाटोको मापदण्ड तथा ऐलानी जग्गा छुट्टाउनकालागि नगरपालिकाले यस वडाहरुमा यथासक्य चाँडो ब्यबस्था मिलाईदिन पर्यो ।

          भेलालाई थप प्रस्ट्याउने कार्य राजनीतिक दलका प्रतिनिधिहरुमा नेकपा माओवादी केन्द्रका सम्फर तामाङ्ग , ने क पा एमालेका धरान उप-महानगर सचिव राजमणी निरौला र नेपाली काङग्रेसका पदमवहादुर लिम्वु लगाएतका प्रतिनिधिहरुवाट पनि सम्वोधन गरिएको थियो ।

      ७६ जना भन्दा वढिको सहभागिता रहेको उक्त कार्यक्रममा ४५ जना भन्दा वढी महिलाहरुको सहभागिता  रहनु र विषेश गरी जनजाती समुदायको उल्लेख्य उपस्थिति रहनु र कार्यक्रमलाई महिलाहरुको सक्रिय सहभागिता साथै उपस्थित मध्ये करिव २६ जना सम्म प्रतिनिधिहरुले कार्यालयलाई आवश्यक सुझाव र जिज्ञासा राख्नु र सो विषयमा सम्वन्धित पक्षवाट सहजीकरण हुनु यस कार्यक्रमको सफलता मान्न सकिन्छ भने प्रत्यक्ष रुपमा नगरवासीहरुलाई परेका अप्ठारा काम र गुनासाहरु सम्वन्धित पदाधिकारी समक्ष राखी सुसुचित हुने अधिकार यस कार्यक्रमले उपलब्ध गराएको हुँदा नगरपालिकाकालगि यो कार्यक्रम फलदायी भएको निचोड तथा निस्कर्ष रहेको छ । कार्यालय भन्दा टाढाको क्षेत्रमा यो कार्यक्रम संचालन हुनु र पहुँच बाहिरका वासिन्दाले प्रत्यक्ष कुराकानी तथा सवाल जवाफमा सहभागी हुने अवसर पाउनु अर्को सफलता मान्न सकिन्छ । साथै निम्नतम सर्त कार्य सम्पादन तथा मुल्याङकनका लागि पनि यो कार्यक्रम अपरिहार्य भएकोछ ।यस कार्यक्रमको प्रत्यक्ष प्रसारणमा कृति च्यानलवाट प्रशारण र स्थानिय एफ एमवाट रेकर्डेट समाचार समेत प्रशारणको ब्यबस्था मिलाईएको हुँदा अनुपस्थित नगरवासीहरुले घरमै वसेर समेत प्रत्यक्ष हेर्ने र सुन्ने अवसर मिलाईएकोमा आयोजक तथा ब्यबस्थापक पक्षले विगतको कार्यमा सुधार ल्याएको छ साथै धरान उपमहानगरवासीलाई प्रत्यक्ष सहभागी हुनकालागी विधुतिय माध्यमको प्रयोगका साथै स्थानीय मिडियामा सूचना प्रकाशन गरी नगरवासीहरुलाई सुसूचित गराईएको र कार्यक्रममा सहभागीहरु तथा निमन्त्रण गरिएका अतिथिहरुलाई बस्ने र खाजापानीको उचित ब्यबस्थापनहुनु कार्यक्रमको सकारात्मक पक्ष रहेको पाईन्छ ।

निष्कर्ष

  • धरान नगरपालिका कार्यालयद्वारा जारी गरिएको नागरिक वडापत्र २०६३ संशोधन सहित २०६८ अनुसार नगरपालिकाबाट सेवा लिन चाहने सेवाग्राहीलेनगरपालिकाबाट दिईने सेवा सुविधामा सार्वजनिक बहस मार्फत २०७३/०३/२४ गते सार्वजनिक सुनुवाई सम्पन्न गरियो ।
  • नगरपालिकाबाट दिईने सेवा सुविधा ८ वट शाखाबाट ५० वटा विषयगत सुचीको जानकारी लिनेदिने कार्य भएको छ ।साथै विगतमा सम्पन्न भएका सार्वजनिक सुनुवाईको सवाल तथा प्रतिवद्धताका वारेमा पनि कार्यपत्र मार्फत सरोकारवालालाई सुसुचित गराईएको छ । विषयगत र सुचीगत रूपमा व्यापक छलफल बहस केन्द्रित हुन नसके पनि केहि विषयमा जानकारी लिनेदिने कार्य भएकोछ ।
  • यो छलफलमा २६ जना भन्दा बढि सेवाग्राहीले मौखिक रुपमा सुविधामा भएको कमी कमजोरी माथि जिज्ञासा राख्ने काम भएको छ । भविष्यमा यस्ता कार्यक्रममा बढीभन्दा बढि सहभागिता गराउन सरोकारवाला सबैको दायित्व रहने प्रतिबद्धता जाहेर गरिएको छ ।
  • महिला संजाल धरान नगर समितिको व्यवस्थापनमा भएको यो कार्यक्रमलाई सहज गरिदिनहुने नगरवासी, नगरपालिका, मिडियाकर्मी,  संघ संस्थका प्रतिनिधिहरू सवै धन्यवादका पात्रहरू भएको अनुभूति गर्न सकिन्छ । भविष्यमा हुने यस्ता कार्यक्रममा सबै नगरवासीको सहयोगमा मात्र सम्पन्न हुने आजको निष्कर्षको विषय रहयो ।