FAQs Complain Problems

भूकम्प स्मरण दिवसमा अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न

महा भूकम्प २०७२ वैशाख १२ को भूकम्पिय क्षतिको स्मरण गर्दै धरान उपमहानगरपालिका कार्यालय द्वारा मिति २०७३ बैशाख १२ गते महा भूकम्प स्मरण दिवस सरोकारवालाहरु सँग राष्ट्रिय भवन संहिता तथा शुरक्षित आवास निर्माण विषयक एक दिने अन्त्क्रियात्मक गोष्ठि  सम्पन्न गरीयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा धरान नगरक्षेत्रका सवै वार्डहरुका वार्ड नागरिक मञ्चका संयोजकहरु, तथा प्रतिनिधिहरु , सामाजिक परिचालकहरु,  नगरस्तरीय राजनैतिक दलका प्रतिनिधिहरु तथा भवन निर्माणसँग सम्वन्धित सरोकारवाला संघ तथा संस्थाहरु समेत गरी ७० जना सहभागिहरुको उपश्थिति रहेको थियो ।

कार्यक्रममा धरान उपमहानगरपालिका को तर्फवाट वरिष्ठ ईन्जिनियर श्री सुरज श्रेष्ठ ज्यूवाट महा भूकम्पको क्षतिलाई स्मरण गराउदै राष्ट्रिय भवन संहिता तथा शुरक्षित आवास निर्माण विषयक प्रस्तुतिकरण समेत गरीएको थियो । प्रस्तुतिकरण पश्यात सहभागिहरुवाट विषयअन्तर उठान भएका सुझाव तथा जिज्ञासाहरु लिने तथा सवालहरु माथि नगरपालिकाको तर्फवाट ब.ई. सुरज श्रेष्ठ तथा कार्यकारी अधिकृत टीकादत्त राई ज्यूवाट जिज्ञासा तथा सवालहरुलाई संवोधन समेत गरीएको थियो ।

कार्यक्रमको अन्यमा उठेका सवाल तथा जिज्ञासाहरुलाई संवोधन गर्दै भवन मापदण्डको सवालमा भौगोलिक क्षेत्र आवासक्षेत्रको आधारमा भवन मापदण्ड वर्गिकरण गरिनु पर्ने साथै सडक मापदण्ड समेतलाई भौगोलिक क्षेत्रअनुसार परिमार्जन तथा मापदण्ड कायम गर्ने कार्यलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको साथै उक्त कार्यहरुको गृहकार्य समेत गरिरहेको समेत जानकारी गराउनु भयो ।