FAQs Complain Problems

३ दिने कौशीखेती सम्बन्धी तालिम सम्पन्न

Promoting Sustainable Housing in Nepal- Water and Waste Water manaement Throught Kaushi Kheti at HouseHold Level in Dharan

3 Days Training : Date on 28 Feb to 1 March 2016

धरान नगरपालिका तथा UN Habitat – Green Hpmes Project को संयुक्त आयोजनामा कौसी खेती सम्बन्धी ३ दिने  तालिम कार्यक्रम धरान उप-महानगरपालिका सम्पन्न गरियो। जस अनुसार Promoting Sustainable Housing in Nepal- Water and Waste Water manaement Throught Kaushi Kheti at HouseHold Level, सम्बन्धी मिति २०७२/११/१६ देखि १८ गते सम्म ३ दिन सम्पन्न गरिएको हो ।

 उक्त ३ दिने कौशीखेती सम्बन्धी तालिमका सहभागीहरू धरान नगर क्षेत्रका विभिन्न वडाका वडा नागरिक मञ्चका सदस्यहरू, सामाजिक परिचालकहरू, नागरिक सचेतना केन्द्रका सदस्यहरू तथा वडा नागरिक मत्र्चद्वारा सहमतिमा पठाउनु भएका इच्छुक सहभागीहरू समेत गरी  जम्मा ३० जना सहभागीहरू  प्रशिक्षार्थीका रूपमा रहनु भएको थियो ।

उक्त कौशी खेती सम्वन्धी ३ दिने तालिमका लागि श्रोतव्यमक्तिको रुपमा UN Habitat – Green Hpmes Project द्वारा नै सहजकर्ता द्वय श्री शेस नारायण मजर्जन तथा मोहन वहादुर थापा रहनु भएको थियो ।

युरोपियन युनियनको आर्थिक सहयोगमा नेपालका ३ वटा नगरपालिका धरान, पोखरा र ललितपुर लाई दिगो आवास परियोजना प्रवर्धनको लागि  हरित आवास योजना (Green Home Project)  नमुना कार्यक्रम संचालन गरेको छ । सोही परियोजना अनुरूप यस धरान नगरपालिकामा UN Habitat को आर्थिक तथा प्राविधिक सहयोगमा कौशीखेती सम्बन्धी ३ दिने तालिम कार्यक्रमको आयोजना भएको हो ।

यस ३ दिनको तालिम कार्यक्रमको उद्देश्य फोहोर मैलाको उपर्युक्त व्यवस्थापन गर्नका लागि घरेलु फोहोर मैलालाई कुहिने तथा नकुहिने फोहोर जैविक तथा अजैविक लाई छुट्टायर राख्ने तथा जैविक फोहोरलाई घरमा नै कम्पोष्टीङ गरी उक्त कम्पोस्ट मल लाई कौशीखेती मार्फत तरकारी खेती गर्नका लागि उपर्युक्त विधि, उपर्युक्त विउ विजन छनौट, वेर्ना उत्पादन गर्ते विधि ,गोडमेल गर्ने तौर तरिका, खेती संरक्षणका लागि प्राविधिक शिप, घरेलु तथा स्थानीय उपचार  तथा कौशी खेती गर्नका लागिका लागि प्रशिक्षणार्थीलाई सैदान्तीक तथा प्रयोगात्मक ज्ञान तथा शिप प्रदान गरिएको थियो ।

धरान नगरलाई हरित शहर बनाउनको लागि यस ३ दिने मिति २०७२/११/१६  देखि १८ सम्म  कौशी खेती सम्बन्धी तालिमले नतिजामूखि काम गर्नेछ। कौशी खेती तालिमलाई अझ प्रभावकारी तथा नतिजा मूलक बनाउनको लागि धरान उप-महानगरपालिकाले अनुगन संयन्त्रको विकास गर्ने योजना तथा उक्त कम्पोष्टीङ तथा कौशी खेतीलाई अझ विस्तृत रुपमा लाने उप महागरपालिकाको कार्ययोजना सहित  यस तालिम कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिएको छ ।