FAQs Complain Problems

३ दिने दिगो तथा शुरक्षित भवन निर्माण सम्वन्धित तालिम सम्पन्न

Promoting Sustainable Housing in Nepal- Training on Sustainable and Safer Building Design

3 Days Training : Date on 25  to 27 Feb 2016

धरान उप-महानगरपालिकाको व्याव्थापन तथा संयोजन तथा UN Habitat – Green Homes Project को आर्थिक तथा प्राविधिक सहयोगमा Green Homes : Promoting Sustainable Housing in NepalTraining on Sustainable and Safer Building Design  सम्बन्धी मिति २०७२/११/१३ देखि १५ गते सम्म ३ दिन सम्पन्न गरिएको हो ।कार्यक्रमको उद्घघाटन समारोह तथा समापन समारोह धरान उप-महानगरपालिका कार्यालय प्रमुख तथा कार्यकारी अधिकृत श्री टीकादत्त राईज्यूको अध्यक्षतामा गरीएको हो ।

 

उक्त ३  दिने दिगो तथा शुरक्षित भवन निर्माण सम्वन्धित तालिम कार्यक्रमका सहभागिहरुको रुपमा पूर्वाञ्चल क्षेत्र भित्रका २५ वटा नयाँ तथा पुराना नगरपालिकाहरुवाट जम्मा ३५ जना प्राविधिक कर्मचारीहरु (ईन्जिनियर) प्रशिक्षार्थीका रूपमा रहनु भएको थियो ।

तालिमका लागि श्रोतव्यमक्तिको रुपमा UN Habitat – Green Homes Project द्वारा सहजकर्ता प्रोफेसर डा. प्रेम नाथ मास्के, एशोशियट प्रोफेसर  डा. शुशिल वज्राचार्य तथा डा. शन्तोश श्रेष्ठ द्वारा सहजिकरण भएको थियो।

युरोपियन युनियनको आर्थिक सहयोगमा नेपालका ३ वटा नगरपालिका धरान, पोखरा र ललितपुर लाई दिगो आवास परियोजना प्रवर्धनको लागि  हरित आवास योजना (Green Home Project)  नमुना कार्यक्रम संचालन गरेको छ । सोही परियोजना अनुरूप यस धरान नगरपालिकामा UN Habitat को आर्थिक तथा प्राविधिक सहयोगमा “Training on Sustainable and Safer Building Design सम्बन्धी ३ दिने तालिम कार्यक्रमको आयोजना भएको हो ।

यस ३ दिनको तालिम कार्यक्रमको नेपालमा भरखरै गएको महाभूमक्पको प्रभावको कारण नेपालमा वन्ने घरहरु विल्डिङ डिजाईन तथा विल्डिङ मटेरीयलको कारणले गर्दा धेरै भौतिक तथा मानविय क्षती भएको यहि जेनेरेसरले भोगेको तथा देखेको यथार्थ हो । नेपाल सरकारको नयाँ नगरपालिकाहरुको घोषणाको निर्णय सँगै पूर्व स्थापीत ग्रामीण ईलाका तथा ग्रामीण वजार क्षेत्र आज नगरपालिका तथा नगर क्षेत्रमा परिणत भै शहरीकरणको आकार तिव्र गतिमा फैलिरहेकोछ ।व्यवस्थित नगरक्षेत्रको स्थापना सँगै भूकम्प प्रतिरोधि भवन तथा भवन निर्माण सामग्रीको दिगोपना तथा भवनको डिजाईन तथा दिगो भौतिक संरचनाको परिकल्पना नै शुरक्षित शहरको आधारशिला हो । त्यसैले यस ३ दिने दिगो तथा शुरक्षित भवन निर्माण विषयक तालिममा दिगो तथा शुरक्षित भौतिक संरचना तथा व्ववस्थित शहरीकरणको विषयमा शैदान्तिक ज्ञान , व्यावहारीक ज्ञान, अनुभव आदान प्रदान तथा प्राविधिकहरुविच विषयगत अन्तर्कृया समेत गरिएको थियो ।

उक्त कार्यक्रममा नगरपालिकालाई हरित आवास योजना युक्त शहरको रूपमा विकास गर्नको लागि न्यूनतम हरित आवासको मापदण्डको विकास सम्वन्धमा समेत जानकारी गराईएको थियो। हरित आवासको लागि पहिचान भएका मुख्य सवालहरू मध्ये उपर्युक्त निर्माण सामग्री (Green Material for Building), ऊर्जा किफायती व्यवस्था (Use of Alternative Energy - Solar Energy), पानी सम्बर्धन (Water Harvesting), फोहोर मैलाको उपर्युक्त व्यवस्थापन (Solid  Waste Management) तथा घाम सदुपयोगी डिजाइन (Proper Building Design) हुन् भनि सहभागिहरुलाई हरित आवासको समेत सामान्य जानकारी प्रदान गरिएको थियो।