FAQs Complain Problems

अन्तराष्ट्रिय थाहा पाउने अधिकार दिवस कार्यक्रम सम्पन्न

      अन्तराष्ट्रिय थाहा पाउने अधिकार दिवसको अवसर पारेर सूचनामाअधिकार संजाल सुनसरी (आरटीआईसी)ले आज सूचनाकोहकबारे एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । सूचनाको आदान प्रदान सहज र सरल ढंगले होस भनेर यसको व्यवहारिक प्रयोगलाई जोड दिनकालागि सूनसरीका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई सहभागी गराइएको उक्त तालिममा प्रशिक्षकका रुपमा स्वयम सन्जालका अध्यक्ष आचार्य,उपाध्यक्ष दीपेन्द्र श्रेष्ठ र तालिम निर्देशक आशिसराजयादवले सहजिकरण गरेका थिए।धरान उपमहापालिका कर्मचारी एशोसिएसनको सभाहलमा आयोजित कार्यक्रममा नगरपलिकाको सहयोग रहेको थियो।कार्यालयका बरिष्ठ प्रशासकिय अधिकृत गणेश खतिवडा र सूचना अधिकृत भक्तिराज शर्मा क्रमश प्रमुख अतिथी र अतिथी रहेका थिए। सन्जालका अध्यक्ष बिकास आचार्यको सभापतित्वमा आयोजित कार्यक्रममा कावा महासचिव दिव्य पाँचकोटी र सदस्य आईतिमाया तामाङले सन्चालन गरेका थिए ।