FAQs Complain Problems

अत्यन्त जरुरी सूचना

हाल विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा समेत देखा परिसकेको छ । यसलाई रोकथामका लागि धरान उपमहानगरपालिकाले अत्यावश्यक सेवा वाहेक सबै सेवाहरु बन्द गरेको तर त्यसबाट मात्र रोकथाम संभव नहुने भएकाले तपसिलका कामहरु गर्न सबै नगरवासीमा हार्दिक अनुरोध छ ।

तपसिल

  • अत्यावश्यक काम पर्दा बाहेक आफ्नो घरबाट बाहिर नजाऔ।
  • खाद्यान्न आदि सामाग्रीका लागि धरान स्थित डिपार्टमेन्टल स्टोरहरुले घर-घरमा डेलिभरिको व्यवस्था मिलाउने प्रतिवद्धता जनाएकाले डिपार्टमेन्टल स्टोरसँग सम्पर्क राखौ।
  • मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत अन्य सार्वजनिक स्थानहरुमा भिडभाड नगरौ।
  • विपद् व्यवस्थापनकालागि धरान उपमहानगरपालिकाले विपद् व्यवस्थापन कोष (राष्ट्रिय वाणिज्य बैंकको खाता नं.२१६०३०५०४९४०२) को व्यवस्थापन गरेकाले सहयोग गर्न चाहने इच्छुक महानुभावहरुलार्इ उक्त खातामा सहयोग गरी नगरपालिकालार्इ जानकारी गराउन र यो वाहेक विपद्का नाममा उठाइने अन्य कुनै चन्दा आदि नदिन अनुरोध छ ।