FAQs Complain Problems

धरान उप-महानगरपालिकाको आ.व.२०७३/०७४ को वार्षिक वजेट, नीति तथा कार्यक्रम सार्वजनिक

धरान उप-महानगरपालिका कार्यालयको आ.व.२०७३/०७४ को लागि वार्षिक वजेट, कार्यक्रम तथा नीति मिति २०७२ माघ २१ गते बिहीवार कार्यालय प्रमुख तथा कार्यकारी अधिकृत श्री टीकादत्त राईज्यूबाट प्रस्तुत भएको थियो । कार्यक्रममा प्रमुख अतिथि माननीय बिराजबहादुर बिष्टज्यू, सहायक मन्त्री- संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, विशिष्ट अतिथि माननीय कृष्णकुमार राईज्यू, सदस्य-व्यवस्थापिका संसद, सुनसरी क्षेत्र नं. 1, विशिष्ट अतिथि माननीय मीनबहादुर विश्वकर्माज्यू सदस्य, व्यवस्थापिका-संसद, अन्य अतिथिको रुपमा नगर क्षेत्रमा विद्यमान सरकारी कार्यालयका प्रमुखहरू राजनैतिक दलका प्रतिनिधिज्यूहरुको आतिथ्यतामा कार्यक्रम संचालन गरियो ।

वजेट सार्वजनिक कार्यक्रमका लागि आमन्त्रित सहभागीहरूको रुपमा नेपाल पत्रकार महासंघ, धरान खानेपानी व्यवस्थापन बोर्डका सदस्यज्यूहरु वडा नागरिक मञ्चका संयोजकज्यूहरु, सुनसरी उद्योग वाणिज्य संघका, धरान खानेपानी व्यवस्थापन बोर्डका सदस्यज्यूहरु आदिवासी जनजाती महासंघका नगर अध्यक्षज्यूहरु नेपाल पत्रकार महासंघ, नागरिक समाजका प्रतिनिधिज्यूहरु, विभिन्न जातीय एवं पेशागत संघसंस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरू, संचारकर्मीज्यूहरु, बुद्धिजीवी, सामाजिक परिचालकहरू एवं कर्मचारीहरू तथा अन्य नगरपालिकाको वजेट तथा कार्यक्रम प्रति चासो राख्ने महानुभावहरू उपश्थिति रहेको थियो ।कार्यक्रममा १५० जना भन्दा वढि महानुभावहरूको सहभागीता रहेको थियो ।

कार्यक्रमको मन्तव्यको क्रममा नगरपालिकामा प्रतिनिधित्व गर्ने दलहरुको प्रतिनिधित्व गर्दै राप्रपा नेपालका प्रतिनिधि श्री जुद्द लोहनी पत्रकार महासंघ सुनसरी अध्यक्ष श्री केशव घिमिरे ज्यू, उद्योग वाणिज्य संघ धरान अध्यक्ष श्री सरोज श्रेष्ठ, विशिष्ट अतिथि माननीय मीनबहादुर विश्वकर्माज्यू सदस्य, व्यवस्थापिका-संसद, , विशिष्ट अतिथि माननीय कृष्णकुमार राईज्यू, सदस्य-व्यवस्थापिका संसद, सुनसरी क्षेत्र नं. 1, तथा प्रमुख अतिथि माननीय बिराजबहादुर बिष्टज्यू, सहायक मन्त्री- संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय वाट धरान उप-महानगरपालिकाको वजेट नीति तथा कार्यक्रम माथि आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।धरान उप-महानगरपालका कार्यालयका प्रमुख तथा कार्यकारी अधिकृत टीकादत्त राईज्यूवाट कार्यक्रमको औपचारिक समापन गरिएको थियो ।

बजेटको सारांश

· कूल बजेट रकम रु. 93,39,20,850/-
· कूल आय रकम रु. 93,39,20,850/- (IUDP को 50 करोड समेत)
· चालु खर्च रकम रु. 8,13,71,000/-
· पूँजीगत खर्च रकम रु. 85,25,49,850/-