सहरी सामुदायिक स्वास्थ्य केन्द्र

 

 


धरान नगरपालिकाको दीर्धकालिन सोच मध्ये धरानलाई स्वास्थ्य उपचारका लागि पूर्वाधारयूक्त शहर वनाउन साथै गरिव पिछडिएका र अशिक्षीत सवैले सर्व सुलभ तरिकावाट सामान्य स्वास्थ्य उपचार प्राप्त गर्न सकुन भन्ने अभिप्रायले गरिव तथा पिछडिएका वस्तीहरुलाई प्राथमिकता दिएर धरान नगरपालिकाद्धारा विभिन्न वडामा मातृ शिशु स्वास्थ्य किल्निकहरुको संचालन गरी आएकोमा सो को प्रभावकारी नतिजाहरुका कारण सो क्लिनिकहरुको कार्यक्षेत्र विकास गरी हाल सहरी सामुदायिका स्वास्थ्य केन्द्रको रुपमा विकास गरेर लगिएको छ । हाल त्यस्ता केन्द्रहरु वडा नं‌ ११, १३, १४, १५, १६ र १७ गरी जम्मा ६ वटा संचालनमा छन् ।

सम्वन्धित वडाका वडावासीहरुको भेलावाट जिल्ला संचालक सिमितिको गठन गरी संचालन भई रहेका क्लिनिक जिल्ला जनस्वास्थ्यवाट केहि औषधिहरु उपलव्ध हुन्छ । भने धरान नगरपालिकाले पनि संचालनका लागि वजेट विनियोजन गर्दै आएको छ ।

सहरी सामुदायिक स्वास्थ्य केन्द्र

     
 

केन्द्रका उद्देश्यहरु

 
 

  • मातृ तथा शिशजन्य रोगको रोगथाम गर्ने
  • मातृ मृत्युदरमा कमी ल्याउने ।
  • सहरी युवायुवतीहरुको प्रजननस्वास्थ्य स्थितिलाई बढाउने ।
  • नवजात शिशुको मृत्यु दर र गर्भाअवस्थामा देखिने ।

केन्द्रका उद्देश्यहरु

     
 

किल्निकवाट हुने क्रियाकलापहरु

 
 

  • गर्भवति महिलाहरुको नियमित स्वास्थ्य परिक्षण
  • भिटामिन आइरनचक्की जस्ता ओषधि निशुल्क वितरण
  • वच्चा वच्चीका लागि नियमित खोप
  • वच्चाहरुको तौल लिने
  • महिलाहरुलाई परिवार नियोजन सम्वन्धी अस्थाई साधन वितरण गर्ने

किल्निकवाट हुने क्रियाकलापहरु

     
 
 

अन्तिम पटक अद्यावधिक मिति २०६६ असार ३