|
धरानमा सामुदायिक विकास एक परिचय
|
|
| |
धरान नगरपालिकाले नगर क्षेत्रका विभिन्न समुदायहरुको समुन्नत विकासका
लागि समुदायमा आधारित विभिन्न क्रियाकलापहरु संचालन गर्दै आएको
छ । गर्भवती महिला तथा बाल बालिकाहरुको स्वास्थ्य उपचारका लागि
मातृ शिशु स्वास्थ्य क्लिनिक संचालन, विपन्न वर्गका बाल बालिकाका
लागि अनौपचारीक शिक्षा, युवाहरुका लागि स्वरोजगार शिक्षा तथा महिलाहरुका
लागि सीपमूलक तथा आयमूलक तालीम कार्यक्रमहरु विभिन्न समुदायमा
धरान नगरपालिकाले उपलव्ध गराउदै आएको छ ।
त्यस्तै बाल बिकास केन्द्रहरुको स्थापना र संचालन, विद्यालयहरुको
संचालन, स्वास्थ्य र सरसफाइका लागि जनचेतना अभिबृद्धि कार्यक्रमहरु,
सुलभ शौचालयहरुको निर्माण जस्ता कार्यहरु पनि संचालन भई आएका छ
। |
|
| |
|
|
|