FAQs Complain Problems

सहरी सामुदायिक स्वास्थ्य केन्द्र

धरान उप-महानगरपालिकाको दीर्घकालीन सोच मध्ये धरानलाई स्वास्थ्य उपचारका लागि पूर्वाधारयूक्त सहर बनाउन साथै गरिव पिछडिएका र अशिक्षित सबैले सर्व सुलभ तरिकाबाट सामान्य स्वास्थ्य उपचार प्राप्त गर्न सकुन भन्ने अभिप्रायले गरिब तथा पिछडिएका वस्तिहरूलाई प्राथमिकता दिएर धरान उप-महानगरपालिकाद्वारा विभिन्न वडामा मातृ शिशु स्वास्थ्य क्लिनिकहरूको संचालन गरी आएकोमा सो को प्रभावकारी नतिजाहरूका कारण सो क्लिनिकहरूको कार्यक्षेत्र विकास गरी हाल सहरी सामुदायिक स्वास्थ्य केन्द्रको रूपमा विकास गरेर लगिएको छ । हाल त्यस्ता केन्द्रहरू वडा नं‌ ११, १३, १४, १५, १६ र १७ गरी जम्मा ६ वटा संचालनमा छन् ।

सम्बन्धित वडाका वडवाजीहरूको भेलाबाट जिल्ला संचालक समितिको गठन गरी संचालन भई रहेका क्लिनिक जिल्ला जनस्वास्थ्यबाट केहि औषधिहरू उपलब्ध हुन्छ । भने धरान उप-महानगरपालिकाले पनि संचालनका लागि बजेट विनियोजन गर्दै आएको छ ।

केन्द्रका उद्देश्यहरु

  • मातृ तथा शिशुजन्य रोगको रोकथाम गर्ने ।
  • मातृ मृत्युदरमा कमी ल्याउने ।
  • सहरी युवा युवतीहरूको प्रजनन स्वास्थ्य स्थितिलाई बढाउने ।
  • नवजात शिशुको मृत्यु दर र गर्भ अवस्थामा देखिने ।

 

क्लिनिकबाट हुने क्रियाकलापहरू

  • गर्भवती महिलाहरूको नियमित स्वास्थ्य परीक्षण
  • भिटामिन आइरन चक्की जस्ता ओषधि निःशुल्क वितरण
  • बालबालिकाका लागि नियमित खोप
  • बच्चाहरूको तौल लिने ।
  • महिलाहरूलाई परिवार नियोजन सम्बन्धी अस्थायी साधन वितरण गर्ने