नेपाल सरकारले 2052 देखि जेष्ठ नागरिकहरूको लागी मासिक रूपमा केही रकम उपलब्ध गराई सम्मान गर्ने उद्देश्यले सामाजिक सुरक्षा कार्यक्रमको सुरुवात भएको हो ।
शुरुमा 75 वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई मात्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइन्थ्यो भने पछि जेष्ठ नागरिक, एकल महिला भनी २ क्षेत्रमा विभाजन गरियो । 2065 देखि पुनः नीति परिवर्तन गरी निर्देशिकामा भत्ता पाउन योग्य उमेर जेष्ठ नागरिक(अन्य) = 70 वर्ष, जेष्ठ दलित = 60 वर्ष र एकल महिला = 60 वर्ष निर्धारण गरियो । आ.व. 2067 सालदेखि 60 वर्ष मुनिका एकल (विधवा) महिलाहरूलाई र शारीरिक रूपमा पुर्ण अशक्त अपाङ्ग व्यक्तिहरूलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गरी भत्ताको व्यवस्था गरि हाल उपलब्ध गराइरहेको छ ।
अपाङ्गता भएका व्यक्तिहरूलाई २ भागमा विभाजन गरिएको छ : (क) पूर्ण अपाङ्ग र (ख) आंशिक अपाङ्ग । तर धरान नगरपालिकामा पूर्ण अपाङ्ग भएका व्यक्तिहरूलाई मात्र सरकारले जिल्ला विकास समिति - सुनसरी मार्फत राष्ट्रिय वाणिज्य बैक धरान बाट भत्ता उपलब्ध गराउँदै आइरहेको छ ।
एकल महिलालाई ३ भागमा विभाजन गरिएको छ- (क) विवाहित श्रीमान् को मृत्यु भएको (ख) विवाह नगरी ६० वर्ष उमेर पुगेका महिला र (ग) सम्बन्ध विच्छेद गरी ६० वर्ष उमेर पुगेका महिलाहरू । हाल सामाजिक सुरक्षा कार्यक्रमबाट मासिक उपलब्ध गराउने भत्ता रकम निम्न अनुसार छन्-
क्र.सं. |
सामजिक सुरक्षाको किसिम |
मासिक भत्ता दर (रु.) |
१ |
जेष्ठ नागरिक (दलित) |
१००० |
२ |
जेष्ठ नागरिक (अन्य) |
१००० |
३ |
जेष्ठ नागरिक (कर्णाली) |
१००० |
४ |
एकल महिला |
१००० |
५ |
विधवा |
१००० |
६ |
पूर्ण अशक्त अपांग |
२००० |
७ |
अति अशक्त अपांग |
६०० |
८ |
लोपोन्मुख आदिवासी जनजाती |
२००० |
९ |
बालबालिका (कर्णाली र दलित) |
४०० |
१० |
जेष्ठ नागरिक औषधि उपचार (७० वर्ष पुगेका) |
१००० |
लाभग्राहीहरुको उमेर सम्बन्धी विवरण
क्र.स. |
लाभग्राहीको प्रकार |
योग्य उमेर |
|
१ |
ज्येष्ठ नागरिक (दलित) |
६० वर्ष |
|
२ |
ज्येष्ठ नागरिक (अन्य) |
७० वर्ष |
|
३ |
एकल महिला (अविवाहित) |
६० वर्ष |
|
४ |
विधवा |
उमेरको हद नलाग्ने |
|
५ |
लोपोन्मुख आदिवासी जनजाति |
उमेरको हद नलाग्ने |
|
६ |
पूर्ण अपाङ्ग (रातो कार्ड मात्र) |
उमेरको हद नलाग्ने |
|
७ |
अति अशक्त अपाङ्ग (निलो कार्ड) |
उमेरको हद नलाग्ने |
|
८ |
बालबालिका (दलित र कर्णाली) |
जन्मदेखि ५ वर्षसम्म |
|
भत्ता कसरी वितरण हुन्छ र कहाँबाट पाइन्छ ।
धरान उपमहानगरपालिकाका लाभग्राही महानुभावहरुका लागि निम्नानुसारका वाणिज्य बैङ्कहरु मार्फत सामाजिक सूरक्षा भत्ता सबै लाभग्राहीहरुको आफ्नै व्यक्तिगत खातामा राख्ने व्यवस्था मिलाईएको छ। लाभग्राहीहरु जो अशक्त हुनुहुन्छ उहाँहरुका लागि धरान उपमहानगरपालिकाका सम्बन्धित वडा समितिमार्फत घरैमा समेत वितरण गर्ने व्यवस्था मिलाईएको छ ।
लाभग्राहीहरुले लाम लागेर रकम झिक्नु पर्दैन। आफ्नो खातामा रहेको रकमको बैङ्क नियमानुसार ब्याज समेत पाईन्छ ।
क्र.सं. |
सामजिक सुरक्षा भत्ता जम्मा हुने बैङ्कको नाम |
वडाहरु |
बैङ्कको फोन नं |
१ |
राष्ट्रिय बाणिज्य बैङ्क लिमिटेड धरान शाखा, रत्न रोड धरान २ |
२ ५ |
|
२ |
लक्ष्मी वैङ्क लिमिटेड धरान शाखा भानुचोक पुतली लाईन धरान ९ |
९ १४ १६ ४ |
|
३ |
मेघा बैङ्क लिमिटेड धरान शाखा भानुचोक साधना भवन धरान २ |
|
|
४ |
सानिमा बैङ्क लिमिटेड धरान शाखा महेन्द्र पथ धरान १२ |
१२ १७ |
|
५ |
सिद्धार्थ बैङ्क लिमिटेड धरान शाखा कलेज रोड धरान ९ |
|
|
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने विधि
१) सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ अनुसार भत्ता पाउनका लागि भत्ता उपलब्ध गराउने आ.व. को असार मसान्त सम्ममा माथि उल्लेख गरिएको उमेर पुगेको हुनुपर्ने छ । (उदाहरणका लागि यदि कसैको जन्म मिति २०७४ असार मसान्तसम्ममा तोकिएको मिति पुरा हुने भए निजले २०७३ मङ्गसिर भित्र पेश गर्नु पर्नेछ सो भन्दा पछिकाहरुले अर्को वर्ष पेश गर्नुपर्ने छ।) अभिलेखलाई व्यवस्थित गर्नका लागि हाल लाभग्राहीहरूले मङ्सिरको दोस्रो हप्ता सम्ममा नागरिकताको फोटोकपी र फोटो ३ प्रति संलग्न राखी आफनै वडा कार्यालयलमा निवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
२) हाल प्रत्येक चौमासिकभित्र मापदण्ड पुगेका लाभग्राहीहरुले निवेदन पेश गरी आगामी चौमासिक देखी भत्ता प्राप्त गर्ने व्यवस्था गरिएको छ। (उदाहरणका लागि यदि कसैको २०७४ पुष मसान्त भित्र तोकिएको उमेर पुरा भएमा निजले २०७४ चैत्र देखि शुरु हुनेगरी तेश्रो चौमासिकदेखि भत्ता पाईन्छ। यसका लागि सम्बन्धित वडा कार्यालयमा विस्तृतमा बुझ्न सकिनेछ।)
३) यदि बाहिरी जिल्लाको नागरिकता भए बसाइ सराइ समेत पेस गर्नु पर्नेछ ।
४) एकल महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाण पत्र र नाता प्रमाणित आवस्यक पर्नेछ ।
५) पुर्ण अपाङ्गता तथा अाङ्सिक अपाङ्गता भएकाहरुले अपाङ्गताको रातो कार्ड वा निलो कार्डको फोटोकपी र फोटो ३ प्रति पेस गर्नु पर्नेछ ।
६) दलित बालबालिकाको लागि जन्म दर्ता र अभिभावकको नागरिकताको फोटोकपी पेस गर्नुपर्ने छ ।
बसाई सरी आउने र जाने तथा व्यक्तिगत घटना दर्ताको प्रकृया