FAQs Complain Problems

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) बमोजिमको विवरण

निकायको स्वरूप र प्रकृति

  • स्थापना २०१७ कार्तिक ३० गते स्थापना  ( उद्घाटन वडा हाकिम श्री हरिप्रसाद गिरी ) स्थानीय निकाय ।
  •  प्रथम नगर प्रमुख श्री केदारनाथ खनाल ।
  •  प्रथम वोर्ड वैठक अफिस भाडामा लिने विषयकमा २०१७ मंसिर १२ गते दिउसो ११  वजे ।
  •  प्रजातन्त्र प्राप्त भए पश्चातका निर्वाचित प्रथम मेयर श्री ध्यानबहादुर राई र   उपमेयर श्री मनोजकुमार मेयाङवो ।
  •  २०७१ वैशाख २५ गतेको मंन्त्रि परिषदको वैठकवाट छिमेकी पाँचकन्या गा वि स    धरानमा एकिकृत -समायोजन_ भएको ।
  •  २०७१ मंसिर १६ गतेको मंन्त्रि परिषदको निर्णयवाट छिमेकी गा वि स विष्णुपादुकालाई धरान नगरपालिकामा एकिकृत -समायोजन_ गरिएको र सोही दिनदेखि धरान नगरपालिका उपमहा नगरपालिकामा परिणत भएको ।

निकायको काम, कर्तव्य र अधिकार

  • स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ ले तोके अनुसार

निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण

  • १९४ जना कार्यरत कर्मचारी र सबैको कार्य विवरण भएको
  • अधिकृत-स्तर सातौँ तहका ४ जना
  • अधिकृत-स्तर छैटौँ-स्तरका ८ जना
  • सहायक-स्तर पाँचौ तहका ३२ जना
  • सहायक-स्तर चौथो तहका ४६ जना
  • सहायक-स्तर तेस्रो तहका १८ जना
  • सहायक-स्तर दोस्रो तहका ५ जना
  • सहायक-स्तर पहिलो तहका ९५ जना

निकायबाट प्रदान गरिने सेवा

  • स्थानीय स्वायत्त शासन एन 2055 र नियमावली 2056 ले तोके अनुसार

सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी

  • सांगठनिक ढाँचा तयार गरी शाखाहरूमा जिम्मेवारी तोकिएको

सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

  • नागरिक वडा पत्रमा उल्लेख गरिएको

निर्णय गर्ने प्रकृया र अधिकारी

  • वार्षिक कार्यक्रम नगर परिषद् बैठकले स्वीकृत गर्ने गरेको ।
  • दैनिक सञ्चालनका निर्णयहरू नगर बोर्ड बैठकले गर्ने गरेको ।
  • अन्य नियमित कार्यहरू शाखा प्रमुखको सिफारिसमा नगर प्रमुख (कार्यकारी अधिकृत) बाट निर्णय हुने ।

निर्णय उपर उजुरी सुन्ने अधिकारी

  • वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडालाई तोकिएको ।

सम्पादन गरेको कामको विवरण

  • समीक्षा बैठक, वार्षिक कार्यक्रमहरूमा प्रस्तुत तथा प्रकाशन गर्ने गरेको ।
  • पत्रकार तथा अन्य सरोकारवाला निकाय र व्यक्तिले मागेको वेला उपलब्ध गराउने गरेको ।

सूचना अधिकारी र प्रमुखको नाम र पद

  • सूचना अधिकारी : भक्तिराज शर्मा - सूचना अधिकृत
  • प्रमुख : टीकादत्त राई - कार्यकारी अधिकृत (प्रमुख)

ऐन, नियम विनियम वा निर्देशिकाको सूची

  • संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट जारी भएकाहरु संकलन गरी राखिएको । नगरपालिकाबाट जारी विनियम तथा निर्देशिकाहरु Download मा राखिएको ।
  • नगरपालिकाबाट जारी विनियमहरू वेबसाइटमा राखिएको ।

आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण

  • वार्षिक रूपमा प्रकाशन गर्ने गरेको गरेको ।
  • आन्तरिक लेखा परीक्षकको व्यवस्था रहेको ।
  • लेखा परीक्षण गर्ने गरेको ।

तोकिय बमोजिम अन्य विवरण

  • धरान नगरपालिकाको तथ्याकीय र वस्तुगत विवरण वेबसाइटमा राखिएको ।
    पत्रकार तथा सरोकारवाला निकायले माग गरे बमोजिम अन्य सूचनाहरू उपलब्ध गराउने गरेको ।