FAQs Complain Problems

व्याक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली (VERSS-MIS) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

धरान उप-महानगरपालिका कार्यालयलाई विद्युतिय सूचना  तथा सुचना प्रविधिको अधिकतम प्रयोग तथा विद्युतिय माध्यमा संचालित कार्यक्रमको प्रभावकारी रूपमा संचालन तथा कार्यान्वयन गर्न नगरपालिका वडा सचिवहरु तथा कर्मचारीहरुको लागि क्षमता विकासको लागि  व्याक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली (VERSS-MIS) सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम यहि मिति २०७३।०१।२४ गते शुक्रवार सम्पन्न गरिएको हो ।

उक्त एक दिने तालिम कार्यक्रममा सहभागी प्रशिक्षार्थीको रूपमा धान उप-महानगरपालिका कार्यालय अन्तर्गतका सवै वार्डहरुमा कार्यरत वार्ड सचिव तथा नगरपालिका का सामान्य प्रशासन शाखा तथा सामाजिक विकास शाखाका कर्मचारीहरू समेत गरी २५ जना कर्मचारी प्रशिक्षार्थीहरूको उपश्थिति रहेको थियो ।

यस व्याक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली VERSS-MIS सम्बन्धी तालिम कार्यक्रमका लागि धरान उप-महानगरपालिका कार्यकारी अधिकृत टीकादत्त राई, सामाजिक विकास अधिकृत सुनिल नेपाल, सामाजिक सुरक्षा सम्पर्क व्यक्ति राजकुमार डंगोल तथा धरान उपमहानगरपालिका कार्यालयमा कार्यरत ICTV ई. विज्ञान राज सत्याल द्वारा कार्यक्रममा सहजिकरण गरिएको थियो ।

कार्यक्रममा सहजकर्ताहरू द्वारा VERSS-MIS को विषयमा सैद्धान्तिक तथा व्यवहारिक दुवै किसिमको जानकारी प्रदान भएको थियो । व्याक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली (VERSS-MIS) को सफ्टवेयरको बारेमा विस्तृत Practical प्रयोग गर्ने विधिको जानकारी गराईएको थियो । सहभागीहरुलाई VERSS-MIS को Access  प्रदान गरी तथ्याङ्क Entry  गर्ने विधि, सफ्टवेयरको डेटा कार्यालयको रेकर्डमा राख्ने तरिका तथा सेवाग्राहीलाई प्रमाणपत्र छापेर  उपलब्ध गराउने तरिकाको बारेमा व्यवहारिक सीप प्रदान गराइएको थियो ।

कार्यक्रममा कार्यकारी अधिकृत टीकादत्त राईज्यूवाट VERSS-MIS को राष्ट्रिय महत्व तथा यसले जनजीवन तथा देश विकासमा पर्ने दिर्घकालिन असरको वारेमा विस्तृत जानकारी गराईएको थियो । अहिले सम्म व्यक्तिगत घटना दर्ता गर्न वार्ड नं. ८ ले मात्र सुरु गरेको यस सूचना  प्रविधिको प्रयोग VERSS-MIS  आगामी दिनहरुमा सवै वार्डहरुमा अवलम्वन गर्नु पर्ने भन्दै वार्ड सचिवलाई यसको प्रयोग गर्नको निम्ति प्राविधिक रुपमा तयार रहन समेत सुझाव दिनु भएको थियो । साथै सामाजिक विकास शाखा अधिकृत सुनिल नेपालद्वारा सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ताको सम्वन्ध तथा नगरपालिकाले यस सिस्टमलाई डिजिटाईज रुपमा कार्यान्वयन गर्दाको कठिनाई, कार्य अनुभव तथा महत्वको वारेमा जानकारी गराउनु भएको थियो । अन्त्यमा वार्ड नं. ११, १५, १६ (र २४), १७ (र २७) र २३ का वडा सचिवले VERSS-MIS वार्ड स्तरमा नै कार्यान्वयन गर्न सकिने समेत प्रतिवद्दता जाहेर गर्नु भएको छ ।