FAQs Complain Problems

विद्युतिय सुचना प्रविधिको अधिकतम प्रयोग सम्वन्धि तालिम सम्पन्न

धरान उप-महानगरपालिका कार्यालयलाई विद्युतिय सूचना तथा सूचना प्रविधिको अधिकतम प्रयोग तथा विद्दुतिय माध्यमा संचालित कार्यक्रमको प्रभावकारी रूपमा संचालन तथा कार्यान्वयन गर्नको लागि नगरपालिका वडा सचिवहरु तथा विद्युतिय कर्मचारीहरुको लागि संचार, सुचना  तथा सुचना प्रविधिको अधिकतम प्रयोग तथा विद्युतिय माध्यममा संचालित कार्यक्रमको प्रभावकारी रूपमा कार्यान्वयन गर्नको लागि नगरपालिका वडा सचिवहरू तथा कर्मचारीहरूको लागि Basic Computer Knowledge, Email, Internet, Google Drive लगायत विषयहरुमा एक दिने तालिम कार्यक्रम यहि मिति २०७३।०१।१७ गते सम्पन्न गरिएको हो ।

 

उक्त एक दिने तालिम कार्यक्रममा सहभागी प्रशिक्षार्थीको रूपमा धान उप-महानगरपालिका कार्यालय अन्तर्गतका सबै वार्डहरुमा कार्यरत वार्ड सचिव तथा नगरपालिका का विधिन्न शाखा तथा उप-शाखाका कर्मचारीहरु समेत गरी २७ जना कर्मचारी प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।

 

यस विद्युतिय सुचना प्रविधि तथा यसको प्रयोग सम्वन्धि तालिम कार्यक्रमका लागि धरान उप-महानगरपालिका कार्यालयमा कार्यरत ICTV ई. विज्ञान राज सत्याल द्वारा कार्यक्रममा सहजीकरण गरिएको थियो ।

 

कार्यक्रममा सवै सहभागिहरुले विषयगत जानकारी शैदान्तिक तथा व्यवहारीक रुपमा प्राप्त गर्नु भएको थियो । सहभागीहरू सबैलाई आ-आफ्नो Gmail Account  खोल्नलाई उत्प्रेरित समेत गराईएको थियो र कार्यक्रमको अन्त्य सम्ममा सबैको Gmail Account बनेको थियो । अधिकतम सहभागिहरुले यस एक दिने तालिम कार्यक्रमलाई निकै व्यवहारीक तथा शान्दर्भिक भएको प्रतिकृया दिनु भएको थियो । कतिपय सहभागिहरुसँग Computer Basic Knowledge  समेत नभएको हुँदा कार्यक्रम अलि जटिल पनि भएको थियो । Computer Basic Knowledge  समेत नभएको सहभागिहरुले नगरपालिकाले आफूहरुलाई उक्त तालिम प्रदान गराईनु पर्ने समेत माग गर्नु भएको थियो । जन्म दर्ता प्रणाली तथा सामाजिक शुरक्षा प्रणालीलाई Online System मा नै Entry गरिनु पर्ने मन्त्रालयको निर्देशन वमोजिम अव सवै वार्ड सचिवहरुमा Computer Basic Knowledge  हुनै पर्ने अनिवार्यता समेत रहेको छ ।