FAQs Complain Problems

जनचेतनामूलक सरसफाई अभियान सम्पन्न

धरान उपमहानगरपालिका कार्यालयको आयोजनामा मिति २०७२ चेत्र ४ गते शनिवार बृहद सरसफाई कार्यक्रम “ सफा धरान : हाम्रो धरान ! सफा धरान : हाम्रो अभियान !! सरसफाई अभियानमा सहभागि वनौं । वातावरणमैत्री नगर निर्माणमा योगदान गरौ ।। फोहोरलाई कुहिने र नकुहिने गरी दुई भागमा छुट्टाऔं ।। कुहिने फोहोरवाट घरमानै कम्पोष्ट मल वनाऔं । र नकुहिने फोहोरलाई मात्र नगरपालिकाको गाडीलाई उपलव्ध गराऔं भन्ने नाराको साथमा बृहद जनचेतनामूलक सरसफाई र्याली सहित सरसफाई अभियान कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा सरसफाई अभियानका मूख्य अभियान्त तथा नेपाल सरकारका पूर्व मुख्य सचिव श्री लीलामणी पौडेल तथा डा. गोविन्द के.सी. को उपश्थिति तथा आतिथ्यतामा यस सरसफाई कार्यक्रमको उद्घाटन गरियो ।

 

सरसफाई कार्यक्रममा सहभागिको रुपमा यस धरान नगरक्षेत्रका २७ नै वडाका वडा नागरिक मञ्च पदाधिकारी तथा प्रतिनिधिहरु, सामाजिक परिचालकहरु, नेपाल आर्मि, वडा सुधार समिति धरान ६ तथा स्थानीय संघ तथा संगठनको प्रतिनिधिहरुको सकृय सहभागिता रहेको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य फोहोर व्यवस्थापनमा स्थानीयवासीको जागरुकता तथा सहभागितानै मुख्य सवाल रहेको र घर तथा पसलवाट निस्कने फोहोरलाई  “जैविक कुहिने तथा अजैविकनकुहिने गरी छुट्टायर राख्नु पर्ने साथै कुहिने फोहोरलाई कम्पोस्ट मलको रुपमा घर परिवार तहमानै प्रयोग गर्न सके फोहोरको मात्रामा धेरै कमि आई सम्वन्धित संस्थाले व्यवस्थापन गर्न सहज हुने भनि सरसफाई अभियानमा सरिक हुने सवैलाई  आजको दिन वाट फोहोर व्यवस्थान घर तथा परिवार तहमानै गर्न प्रतिवद्दता समेत गराईएको थियो ।

उक्त सरसफाई अभियानले भानुचौक परिपरी तथा भानुचौक देखि छाताचौक सम्मको वाटोलाई सरसफाई गरिएको थियो । यस कार्यलाई नगरपालिका तथा स्थानीय वासीले निरन्तर अभियानको रुपमा संचालन गर्न सके मात्र यस्ता कार्यक्रमहरु प्रभाव देखिने भएकोले सरसफाई अभियानलाई निरन्तरता दिन सरोकारवाला सवैमा अनुरोध समेत गरीएको थियो ।