FAQs Complain Problems

पार्किङ्गको लागि जग्गा लिजमा लिनेबारेको सूचना

मितिः २०७४।११।१०

 

जग्गा लिजमा लिने सम्बन्धी १५ दिने सार्वजनिक सूचना

उपर्युक्त सन्दर्भमा यस उपमहानगरपालिकाको मध्य बजार क्षेत्र छाताचोक देखि भानुचोक क्षेत्रको कोशी लोकमार्ग को अति व्यस्त क्षेत्रमा सवारी पार्किङ्गको कारणले बजार संकुचित र सवारी दुर्घटना जोखीम क्षेत्र भएको हुँदा सो क्षेत्रमा धरान उपमहानगरपालिकाले सो अव्यवस्थित पार्किङ्गलाई व्यवस्थित गर्न आवस्यक कार्य गरिरहेको व्यहोरा अवगतै छ। पार्किङ्गलाई व्यवस्थित गराउनका लागि धरानको भानुचोकदेखि छाताचोक वरपरको कोशी लोकमार्गको दायाँ बायाँ २०० मिटर भित्रको कम्तिमा १ (एक) कठ्डा जग्गा कम्तिमा ३ (तिन) वर्षको लागि आवस्यक भएको हुँदा ईच्छुक जग्गाधनीहरुले सो जग्गा के कति रकम मासिक रुपमा लिने हो सो समेत खुलाई सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९४ को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ। सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस कार्यालयमा सिलबन्दी प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ। ईच्छुक व्यक्ति वा संस्थाले प्रस्ताव पेश गर्दा नेपाली नागरिकताको प्रमाणपत्र वा संस्था दर्ता प्रमाणपत्र, जग्गाधनी प्रमाणपत्र, एकिकृत सम्पत्तिकर वा अन्य कर तिरेको प्रमाण र अन्य व्यक्तिको जग्गा भएमा जग्गाधनीको मञ्‍जुरीनामासहित राखी पेश गर्नु पर्नेछ। उक्त जग्गा लिजमा दिँदा जग्गादाताले प्रचलित नेपाल कानुन तथा स्थानीय कानून बमोजिम कर तिर्नुपर्नेछ ।

तपशिल

क्र सं

आवस्यक जग्गाको विवरण

जग्गाको भौगोलिक अवस्थिति

निवेदन दस्तुर

प्रस्ताव पेश गर्ने अन्तिम मिति

प्रस्ताव खोल्ने मिति

कैफियत

  1.  

जग्गा कम्तिमा

०-१-० (एक कठ्ठा) भएको हुनुपर्ने

धरान वडा नं १२ र २ को भानुचौक देखि छाता चोक वरपरको जग्गा, लिज मा दिन चाहेको जग्गामा कम्तिमा ८ फिट पहूँच सडक भएको हुनुपर्ने। 

१०००।

एकहजारमात्र

२०७४।११।२५ गते विहान १२ बजेसम्म

सोहि दिन दिनको २ बजे

बाटो लगायतको प्रारम्भिक कार्य जग्गाधनीले व्यहोर्नुपर्नेछ।

प्रमुख प्रशासकीय अधिकृत

Supporting Documents: 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.